यसरी पछुताउँदैछन् महानायक राजेश हमाल…


२८ फाल्गुन २०७४, सोमबार
rajesh hama 25062017085005

काठमाण्डौं, २८ फागुन : लामो कपाल, सुगठित शरीर र बोल्ड आवाज बोकेर नेपाली सिने क्षेत्रमा प्रवेश गरेका नायक राजेश हमालले एक समय सबै निर्माता, निर्देशकलाई आफ्नो पछाडि लगाए ।rajesh hama 25062017085005 1000x0

सिने जगतमा ‘महानायक’ को उपाधि पाएका हमाल कुनै समय चलचित्र चलाउने ‘चमत्कार’ थिए । जताततै उनको स्टारडम चल्थ्यो । तर, महानायकको स्टारडमले नेपाली चलचित्रको गुणस्तरलाई धानिरहन सकेन । विस्तारै राजेश हमाल निर्माता–निर्देशकबाट टाढिंदै गए । अहिले महानायक राजेश हमालको हातमा कुनै पनि चलचित्र छैनन् । गुणात्मक चलचित्र भन्दा संख्यालाई बढी ध्यान दिइरहेका राजेश हमाललाई दर्शकहरुले संख्यामा मात्र होइन गुणात्मकतामा पनि ध्यान दिनु पर्छ है भनेर सुझाव नदिएका होइनन् ।

तर, महानायक हमालको ध्यान उक्त कुराले खिचिएन । फस्वरुप सबैभन्दा बढी नागरिकले चिनेका र रुचाएका नायक अहिले पर्दाबाट ओझेल हुनुपर्ने अवस्था सिर्जना भयो । २८ वर्ष लामो फिल्मी करिअरमा महानायकको हातमा एउटा पनि चलचित्र साइन नहुनु दुःखद हो । महानायक हमाललाई भर्‍याङ बनाएर चलचित्र क्षेत्रको सिंडी टेक्न थालेकाहरुले नै अहिले उनको साथ छोडेको जानकार बताउँछन् । राजेश हमाल चलिरहेका बेला आफूलाई चलाउनु पर्ने परिस्थितिमा रहेका निर्माता÷निर्देशकले हमाललाई आफ्नो चलचित्रमा खेलिदिन अनुनय, विनय नै गर्न पछि परेनन् । यसलाई महानायक राजेश हमालले सहयोग भनौं वा अन्जान बन्दा गुणस्तरभन्दा चलचित्रको संख्या बढ्दै गएको हमालका शुभभिन्तकहरु बताउँछन् ।hamal kristi

हमाल पनि अहिले आफूलाई अरुले प्रयोग गरेको भनि नहाले पनि आफूले चलचित्रको यस्तो ओइरो लागिरहेका बेला कुन चलचित्र कस्तो गुणस्तरको हो भन्ने कुरा सोच्नमा कमी भएको स्वीकार्छन् । उनी भन्छन्–‘चलचित्र म एक्लैले काम गर्दा मात्र हुने कुरा होइन । चलचित्र भनेको टिम वर्क हो । यहाँ म मात्र तयार भएर हुँदैन । सबै तयार हुनुपर्छ । ’
चलचित्रलाई कता लैजाने भन्ने कुरा सबैभन्दा बढी निर्माता, निर्देशकको हात हुने भए पनि आफूबाट पनि समयको मागलाई चिन्न नसक्नु गल्ती भएको उनले स्वीकार्छन् ।

चलचित्र चल्नका लागि बजार मात्र भएर नहुने उनको दावी छ । उनी चलचित्रका कलाकारलाई निर्माता, निर्देशकले समयको धारसँगै बगाउन सक्नु पर्ने बताउँदै उनले भने–‘कलाकारमा भएको क्षमतालाई निर्माता, निर्देशकले चिन्न नसक्दा पनि समस्या निम्तिंदो रहेछ । नेपाल चलचित्र क्षेत्रबाट राजेश हमाललाई हटाउँदा दर्शकले सिने क्षेत्रको इतिहास अधुरो मान्ने दावी गर्दै हमालले भने–‘सिनेमा क्षेत्रमा मनोविज्ञानको कुरा आउँछ, निर्माता, निर्देशकले अहिलेको मनोविज्ञानलाई वुझ्न नसक्दा पनि चलचित्र चल्ने, नचल्ने हुने उनको ठम्याई छ । तर, आफू चलचित्र क्षेत्रसँग नै रहेको बताउँदै उनले दर्शकले आफूलाई खोजी रहेको र दर्शकले चाहेकै रुपमा र भूमिकामा आउँदा दिनमा आफू आउने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७