हिमाल आरोहणका लागि गएका तीन फ्रान्सेली खुम्बु क्षेत्रबाट बेपत्ता


१५ कार्तिक २०७८, सोमबार
mt everst

सोलुखुम्बु, १५ कात्तिक । हिमाल आरोहणका लागि गएका ६ फ्रान्सेली पर्यटक सोलुखुम्बुको खुम्बु क्षेत्रबाट बेपत्ता भएका छन् । उनीहरु विगत ६ दिनदेखि बेपत्ता रहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जानकारी दिएको छ ।

होलिडे हिमालय ट्रेक्स एण्ड एक्पिडिसनमार्फत माउन्ट खाङतेका हिमाल चढ्न गएका तीन पुरुष फ्रान्सेली नागरिक कात्तिक ९ गतेदेखि बेपत्ता भएका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।

गत असोज १८ गते काठमाडौंबाट लुक्ला पुगेका ८ फ्रान्सेलीमध्ये थोमस, गाब्रियल र लुइस सम्पर्कविहीन रहेका जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक ऋषिराज ढकालले बताएका छन् । उनीहरुको खोजी थालिएको छ । प्रहरीका अनुसार हेलिकप्टर परिचालन गरी खोजी थालिएको छ ।

ट्रेकिङ कम्पनीले प्रहरीसँगको समन्वयमा खोजी गरिरहेको छ । एकै समूहमा रहेका अन्य पाँच जना पर्यटक भने सुरक्षित रहेको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७