नेपाली र अमेरिकी सेनाको सैन्य अभ्यास शुरु


१५ कार्तिक २०७८, सोमबार
sainya training 20211101080544

काठमाडौं, १५ कात्तिक । नेपाल र अमेरिकी सेनाबीचको सैन्य अभ्यास शुरु भएको छ । छाउनीस्थित रेन्जर गणमा नेपाल र अमेरिकी सेनाबीचको सैन्य अभ्यास सोमबारबाट सुरु भएको हो ।

नेपाली सेनाको विशेष फौज बाहिनीका बाहिनीपति सहायक रथी ध्रुव प्रकाश शाहले उक्त सैन्य अभ्यासको शुभारम्भ गरेका छन् । सो समारोहमा नेपालस्थित अमेरिकी दूतावासका ‘अफिस अफ डिफेन्स को–अपरेशन (ओडीसी) का प्रमुखलगायतका सैन्य अधिकारीहरुको उपस्थित रहेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

मंसिर १४ सम्म चल्ने सैन्य अभ्यासमा नेपाली सेनाका ५० र अमेरिकी सेनाका २० जना विशेष फौजको सहभागिता छ । नेपाली र अमेरिकी सेनाबीचको सैन्य अभ्यास काठमाडौं, पोखरा र अन्नपूर्ण वेश क्याम्पमा हुनेछ ।

सैन्य अभ्यास पानी र हिमाली क्षेत्रमा गरिने उद्दारमा केन्द्रीत हुनेछ । नेपाली र अमेरिकी सेनाबीच जल र उच्च पहाडी तथा हिमाली क्षेत्रमा खोज तथा उद्दारका विषयमा अभ्यास हुनेछ । अमेरिकी सेनाहरुले मुख्यतः पानी र हिमाली क्षेत्रमा फसेकाहरुलाई कसरी उद्दा गर्ने भन्ने विषयमा नेपाली सेनालाई प्रशिक्षित गर्नेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७