३२ अंकले बढ्यो नेप्से


२० मंसिर २०७८, सोमबार
share market skoa3RAFvX

काठमाडौं : सेयर बजारको परिसूचक नेप्से ३२ अंकले बढेको छ । सोमबार बजार खुलेदेखि नै निरन्तर घट्दोक्रममा लागेको थियो । यसरी घटेको बजार २४४० विन्दु आसपाससम्म झरेको थियो । यो विन्दुबाट भने नेप्सेले बाउन्स ब्याक लिएको हो ।

बाउन्स ब्याकसँगै बजार बन्द हुँदा ३२.२२ अंकले बढेर नेप्से सूचक २५४६.०९ विन्दुमा आएको छ । इन्ट्रा डे सूचक हेर्दा यस दिन करिब १०६ अंकको उतारचढाव आएको देखिन्छ ।

४ अर्ब ५४ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । एक कम्पनीको भाउ बढेर सकारात्मक सर्किट लागेको छ ।

दिनभर ४ अर्ब ५४ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि आइतबार ४ अर्ब ९ करोडको कारोबार भएको थियो । सबै उपसमूहमा हरियाली छाएको छ ।

बैंकिङ १३, विकास बैंक १५७, फाइनान्स ५७, होटल तथा पर्यटन ४१, जलविद्युत ८२, जीवन बीमा १२३, उत्पादन ६२, माइक्रोफाइनान्स ६५, निर्जीवन बीमा २६, अन्य ३१ ब्यापार उपसमूह ३ अंकले बढेका छन् ।

कुल १५७ कम्पनीको मूल्य बढ्यो भने २५ कम्पनीको घट्यो । ७ कम्पनीको मूल्य भने स्थिर रह्यो । मेरो माइक्रोफाइनान्सको मूल्य १० प्रतिशतले बढ्यो । एक्सल डेभलपमेन्टको ९.५ तथा साहस उर्जाको ८ प्रतिशतले मूल्य बढ्यो । जनउत्थान सामुदायिक लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.८ प्रतिशतले घट्यो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७