शेयरको भित्रि कारोबारमा गुरु न्यौपाने दोषी ठहर, १५ गते सजाय तोकिने


७ चैत्र २०८०, बुधबार
guru neupane

काठमाडौं । रिडी पावर कम्पनीका पूर्व अध्यक्ष गुरुप्रसाद न्यौपाने शेयरको भित्रि कारोबार (इनसाइड ट्रेडिङ) को आरोपमा दोषी ठहर भएका छन् । विशेष अदालत काठमाडौंले उनलाई दोषी ठहर गर्दै सजाय सुनाउने मिति तोकेको छ । सजाय निर्धारणका लागि १५ चैतको पेसी तोकिएको छ । तीन वर्षभन्दा धेरै जेल सजाय हुने अवस्थामा सजाय निर्धारणका लागि अर्को पेसी तोक्नु पर्ने व्यवस्थाअनुसार विशेषले बुधबार सजाय नतोकी अर्को पेसी तोकेको हो ।

रिडी हाइड्रोपावर कम्पनीमा अध्यक्ष रहेकै समयमा न्यौपानेले २०७७ चैतदेखि २०७८ भदौको पहिलो सातासम्म कम्पनीको शेयर किनबेच गरेका थिए । यसरी कम्पनीको व्यवस्थापक, वा सञ्चालकले पदमा बहाल रहँदासम्म र अवकाश लिएको एक् वर्षसम्म सो कम्पनीको शेयर हस्तान्तरण गर्न नपाउने कानुनी व्यवस्था छ ।

तर, न्यौपानेले ‘इनसाइड ट्रेडिङ’ गरी भ्रष्टाचार गरेको ठहर भएको हो । सम्पत्ति शुद्धीकरण विभागले गत कात्तिक २३ मा विशेष अदालतमा मुद्दा दायर गरेको थियो । कम्पनीको भित्रि सूचनाका आधारमा शेयर खरिद बिक्री गरी गैरकानूनी लाभ लिएको आरोपमा विभागले निजी क्षेत्रका उर्जा उत्पादक न्यौपानेविरुद्ध एक करोड ९९ लाख रुपैयाँ विगो मागदावी गर्दै गत २३ कात्तिकमा मुद्दा दायर गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७