आफ्नै महिला साथीको अश्लिल फोटो पठाई ब्ल्याकमेल गर्ने पक्राउ


२८ मंसिर २०७८, मंगलवार
Nepal Police

काठमाडौं : काठमाडौं, सामाजिक सञ्जालमा महिलाको अश्लिल फोटो आफन्तलाई पठाई ब्ल्याकमेल गरेको अभियोगमा भारत उत्तर प्रदेश कोपागंज दोस्तपुरा घर भएका ३१ वर्षीय मोहम्मद सालीमलाई आइतबार दिउँसो काठमाडौं महानगरपालिका-१४ कलंकीबाट प्रहरीले पक्राउ गरेको छ ।

बैदेशिक रोजगारको क्रममा दुबईमा एउटै कम्पनीमा काम गर्ने आफ्नै महिला साथीको अनुहारको भाग नग्न तस्बिरमा जोडी उक्त अश्लिल फोटो सामाजिक सञ्जाल फेसबुक र वास्ट्एप मार्फत महिलाको आफन्तलाई पठाएका थिए । पीडितको नामबाट बनाएको नक्कली फेसबुक आईडिमा अश्लिल फोटो पोष्ट गरी महिलाको चरित्र हत्या गरेको भन्ने जाहेरीका आधारमा महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उनी उपर विद्युतीय कारोवार ऐन, २०६३ अन्तर्गत मुद्दा दायर गरी ७ दिन म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७