राजेश हमाल अब बलिउड फिल्म खेल्दै


१४ पुष २०७८, बुधबार
rajesh hamal t1ZvznIut0

काठमाडौं । महानायक राजेश हमालले अब बलिउड फिल्ममा खेल्ने भएका छन् । भारतीय निर्माता राजेश चौधरीले राजेशलाई लिएर बलिउड फिल्म बनाउन लागेका हुन् । फिल्मभन्दा पहिले हमालसँग चौधरीले एउटा हिन्दी गीतको म्युजिक भिडिओ बनाउने भएका छन् । निर्माता चौधरीद्वारा निर्मित हिन्दी गीतको भिडिओ सार्वजनिक गर्न अहिले हमाल मुम्बईमा छन् ।

‘राजेश हमाल सर चाँडै एउटा हिन्दी गीतमा पनि देखिनु हुनेछ । बलिउड फिल्मको तयारी हुँदैछ’, चौधरीले भनेका छन्, ‘उहाँसँग सहकार्य गर्न पाउँदा उत्साहित छु ।’ चौधरीले बनाएको गीत ‘चेहेरा’ को मंगलवार मुम्बईमा सार्वजनिक गरियो । नेपाल र भारतमा खिचिएको गीतमा नेपाली मोडल नीति शाहले पनि खेलेकी छन् ।

‘चेहेरा’ बोलको हिन्दी गीतको म्युजिक भिडिओ म्यूजिक रिलिज कार्यक्रममा सहभागी हुन नीतिसहित हमाल सोमवार मुम्बई पुगेका थिए । उनले त्यहाँका पत्रकासँगको कुराकानीमा मुम्बई आउँदा फरक ऊर्जा मिल्ने बताएका छन् । ‘धेरै वर्षपछि म मुम्बई आएँ । पहिले कयौं पटक आएको थिएँ । मुम्बईले मलाई मलाई बेग्लै ऊर्जा दिन्छ ।’

उनले आफू हिन्दी फिल्मका सबै कलाकारको आफू फ्यान भएको बताएका छन् । ‘हिन्दी फिल्मका सबै कलाकारको फ्यान हुँ । बलिउडमा धेरै राम्रो कलाकारहरु हुनुहुन्छ’, उनले भने, ‘तर, सबैको बाप त अमिताभ बच्चन हुनुहुन्छ । मुम्बई फिल्मको सहर भएकाले मलाई खुशी लाग्छ ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७