सोमपालले लिए तेस्रो विकेट,नेदरल्याण्डका कप्तान पनि आउट


३ चैत्र २०७४, शनिबार
sompalkami 1

 

काठमाडौं: सातौं स्थानको लागि भइरहेको प्लेअफमा नेपालले नेदरल्याण्डको तेस्रो विकेट लिएको छ । तेस्रो विकेट पनि सोमपाल कामीले नै लिएका छन् । तेस्रो विकेटको रुपमा नेदरल्याण्डका कप्तान पिटर बोरेन आउट भए । उनलाई सन्दिप लामिछानेले क्याच गरेर आउट गरे ।sompalkami 1

नेदरल्याण्डको तीन ओभर नसकिँदै दुई विकेट गएको थियो । सुरुका दुवै विकेट पनि सोमपाल कामीले लिएका थिए । सोमपालले पहिलो विकेट नेदरल्याण्डले खाता नखोल्दै लिएका थिए । उनले तेस्रो बलमै नेदरल्याण्डका वेस्ली बारेसीलाई आउट गरेका थिए । करण केसीले दोस्रो ओभर बलिङ गरेपछि फेरि बलिङमा आएका सोमपालले नेदरल्याण्डका बेन कुपरलाई पनि तेस्रो ओभरको दोस्रो बलमै आउट गरे । कुपर पनि सोमपाल कामीको बलमा आरिफ शेखको हातबाट क्याच आउट भएका हुन् । सोमपालका सुरुका दुवै ओभर विकेट मेडन थिए । यी दुवै ओभरमा कुनै रन दिएनन् ।

अहिले १४ ओभरमा ४८ रन बनाएर खेलिरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७