स्वयंसेवी भूमिकामा सक्रिय रहन कार्यकर्ताहरुलाई एमाले भोजपुरको आह्वान


५ माघ २०७८, बुधबार
CPN UML Bhojpur

भोजपुर : नेकपा (एमाले) भोजपुरले आफ्ना नेता तथा कार्यकर्ताहरुलाई महामारी नियन्त्रणका लागि स्वयंसेवी भूमिकामा सक्रिय रहन अपिल गरेको छ । कोरोनामहामारीविरुद्ध जारी गरिएका स्वास्थ्य मापदण्ड र प्रोटोकलको कडाईको साथपालना गर्दै कोरोना रोकथाम, नियन्त्रण र संक्रमितहरुको उपचारकालागि सक्रिय रुपमा स्वयंसेवी भूमिका निर्वाह गर्न एमालेले सम्पूर्ण पार्टी कमिटी, जनसंगठन र पार्टी सदस्यहरुलाई आह्वान गरेको हो ।

नेकपा (एमाले) भोजपुरका अध्यक्ष शरणकुमार राईले विज्ञप्ति जारी गरेर आवश्यकताअनुसार स्थानीयस्तरमा क्वारेन्टिन निर्माण, क्वारेन्टिन व्यवस्थापन, स्वास्थ्य मापदण्ड पालनाका लागि अनुगमन, समुदायस्तरमा सचेतना अभियान, संक्रमितहरुको उपचारमा आवश्यक सहयोग लगायतका काममा सक्रिय रहन अपिल गरेका हुन् ।

अध्यक्ष राईले कोरोना रोकथाम, नियन्त्रण र संक्रमतिहरुको उपचारका लागि प्रभावकारी रुपमा अबिलम्ब थप कदमचाल्न ध्यानाकर्षण गराएका छन् । भनेका छन्, ‘सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यकता अनुसार तत्काल व्यवस्थित आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन तीव्रतापूर्वक गर्दै समुदायस्तरमा परीक्षणको दायरा फराकिलो बनाउनमागनेकपा (एमाले) भोजपुर माग गर्दछ ।’

प्रेस विज्ञप्ति

१. हाम्रो प्रिय तथा गौरवशाली पार्टी नेकपा (एमाले) भोजपुरको ऐतिहासिक आठौं जिल्ला अधिवेशन (२३– २५) पुस २०७८ मा भोजपुरमा भव्यताको साथ सम्पन्न भएको यहाँहरुलाई अवगत नै छ । प्रमुख अतिथि हाम्रो पार्टीका स्थायी कमिटी सदस्य तथा प्रदेश नं.१ का सह–इन्चार्ज क.शेरधन राईले २३ पुस २०७८ मा उद्घाटन गर्नुभएको अधिवेशनमा केन्द्रीय कमिटी सदस्य तथा भोजपुर इन्चार्ज क.हरिबहादुर राई, केन्द्रीय कमिटी सदस्य तथा सह–इन्चार्ज क.पर्शुराम अधिकारी, संबिधानसभा सदस्य तथा पूर्व मन्त्री क. कृपाशुर शेर्पा लगायतका अतिथिहरुको उपस्थीति रहेको थियो । सुदृढ एकता सहित सर्वसम्मत रुपमा जिल्ला कमिटी चयन गर्दै भव्यताको साथ सम्पन्न अधिवेशनले आम नेता तथा कार्यकर्ताहरुमा नयाँ उत्साह, उमंग र उर्जाको सञ्चार गरेको छ ।

आफ्नो आशा, भरोसा र विश्वास रहेको प्रिय पार्टीको आन्तरिक जीवनमा पैदा भएको अभूतपूर्व एकताले भोजपुरे जनताहरु असाध्यै खुसी र उत्साहित हुनुभएको छ । सर्वसम्मत नेतृत्व चयनको लागि महत्वपूर्ण योगदान गर्नु हुने स्थायी कमिटी सदस्य क.शेरधन राई, भोजपुर इन्चार्ज क.हरिबहादुर राई, सह–इन्चार्ज क.पर्शुराम अधिकारी, निर्वतमान अध्यक्ष क.प्रेमकुमार राई प्रदेश कमिटीका सदस्य कमरेडहरु, प्रतिनिधि कमरेडहरु सबैप्रति हार्दिक आभार प्रकट गर्दछौं ।

अधिवेशनलाई भव्यताको साथ सम्पन्न गर्नका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्नु हुने अध्यक्ष मण्डलका अध्यक्ष सहित सदस्य कमरेडहरु, निर्वाचन कमिटीका संयोजक सहित सदस्य कमरेडहरु, विभिन्न उपसमितिका संयोजक तथा सदस्य कमरेडहरु, अधिवेशनका प्रतिनिधिको कमरेडहरुप्रति हार्दिक आभार प्रकट गर्दछौं । यसैगरी सम्पूर्ण समर्थक, सुभेच्छुक, सुरक्षाकर्मी, सहयोगदाताहरु, सञ्चारकर्मी मित्रहरु, स्वयंमसेवक लगायत सम्पूर्णमा हार्दिक आभार एवं धन्यवाद ज्ञापन गर्दछौं ।

२. पछिल्लो एक साता यता कोरोना भाइरस (कोभिड–१९) नयाँ भेरिअन्ट ओमिक्रोनको सङ्क्रमण तिव्र गतिमा देशभर फैलिरहेको छ । यसबाट भोजपुर पनि अछुतो छैन । हाल भोजपुरमा संक्रिय संक्रमितहरुको संख्या ३३ रहेको छ । उहाँहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछु । कोभिड–१९ रोकथाम, नियन्त्रण र संक्रमतिहरुको उपचारका लागि प्रभावकारी रुपमा अबिलम्ब थप कदम चाल्न नेकपा (एमाले), भोजपुर सम्बन्धित सबैको गम्भीर ध्यानाकर्षण गर्दछ ।

सम्भावित जोखिमलाई मध्यनजर गर्दै आवश्यकता अनुसार तत्काल व्यवस्थित आइसोलेसन र क्वारेन्टिनको व्यवस्थापन तीव्रतापूर्वक गर्दै समुदायस्तरमा परीक्षणको दायरा फराकिलो बनाउन माग नेकपा (एमाले) भोजपुर माग गर्दछ । साथै कोरोना महामारीविरुद्ध जारी गरिएका स्वास्थ्य मापदण्ड र प्रोटोकलको कडाईको साथ पालना गर्दै कोभिड–१९ को रोकथाम, नियन्त्रण र संक्रमितहरुको उपचारका लागि सक्रिय रुपमा स्वयंसेवी भूमिकाका निर्वाह गर्नका लागि नेकपा (एमाले) भोजपुरको सम्पूर्ण पार्टी कमिटी, जनसंगठन र पार्टी सदस्यहरुलाई आह्वान गर्दछु ।

आवश्यकता अनुसार स्थानीयस्तरमा क्वारेन्टिन निर्माण, क्वारेन्टिन व्यवस्थापन, स्वास्थ्य मापदण्ड पालनाका लागि अनुगमन, समुदायस्तरमा सचेतना अभियान, संक्रमितहरुको उपचारमा आवश्यक सहयोग लगायतका काममा सक्रिय रहन सम्पूर्ण पार्टी कमिटी र सदस्यहरुलाई अपिल गर्दछु ।

मिति : ३ माघ २०७८

क. शरणकुमार राई

(अध्यक्ष)

CPN UML

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७