एकै दिनमा थपिए १० हजार ३१९ जना कोरोना संक्रमित

४ जनाको मृत्यु


१० माघ २०७८, सोमबार
corona qD2ncUa2Xf

काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टायता १० हजार ३१९ कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर र एन्टिजेन विधिमार्फत् २१ हजार २०१ नमूनाको परीक्षण गर्दा १० हजार ३१९ जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा १६ हजार ६५४ नमूनाको पीसीआर र चार हजार ५४७ नमूनाको एन्टिजेन परीक्षण गरिएको थियो। पीसीआर परीक्षणबाट आठ हजार ५४ र एन्टिजेन परीक्षणबाट दुई हजार २६५ जनामा संक्रमण पुष्टि भएको हो।

४ जनाको मृत्यु

मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर गरी चार जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै कोरोना संक्रमणबाट हालसम्म मृत्यु हुनेको संख्या ११ हजार ६५९ पुगेको मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा दुई हजार ५४० जना कोरोना संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० पुगेको छ।

उपत्यकामा ४ हजार ६७६ संक्रमित

काठमाडौं उपत्यकामा एकै दिन ४ हजार ६७६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंमा ३,६३४, ललितपुरमा ५८७ र भक्तपुरमा ४५५ जनामा कोरोना संक्रमण देखिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७