आलिया र भन्सालीको ‘गंगुबाई कठियावाडी’ को रिलिज मिति घोषणा


१४ माघ २०७८, शुक्रबार
Aliya Bhatta1643363204

मुम्बई । अभिनेत्री आलिया भट्टको अभिनय रहेको बहुप्रतीक्षित चलचित्र ‘गंगुबाई कठियावाडी’ को आधिकारिक रिलिज मिति सार्वजनिक भएको छ ।

निर्देशक सञ्जय लिला भन्सालीको सो चलचित्र कोरोना महामारीकाबीच यही फेब्रुअरी २५ मा हलमा रिलिज गर्ने घोषणा गरिएको छ । शुक्रबार भन्साली प्रोडक्सनको आधिकारिक ट्विटर ह्यान्डलमार्फत हल रिलिजको मिति घोषणा गरिएको हो ।

रिलिज मितिसहितको पोस्टर सेयर गर्दै लेखिएको छ, ‘२५ फेब्रुअरी २०२२ मा आफ्नो नजिकका सिनेमाघरहरूमा उनको शासनको साक्षी बन्नुहोस् ।’ यस बायोग्राफिकल क्राइम ड्रामा चलचित्रमा अभिनेत्री आलिया भट्ट, अभिनेता अजय देबगन मुख्य भूमिका छन् । बलिउड हंगामाबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७