पर्सामा एक प्रहरी जबानसहित दुई जना मृत फेला


१७ माघ २०७८, सोमबार
death

पर्सा । पर्सामा दुई जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पर्साको पोखरियामा एकजना प्रहरी जवान तथा हेटौंडाबाट वीरगञ्ज आउँदै गरेको बसमा एक भारतीय नागरिक मृतावस्थामा फेला परेका हुन् ।

इलाका प्रहरी कार्यालय परवानीपुर बारामा दरबन्दी भएका प्रहरी जवान रिपुकुमार गिरी पोखरीया नगरपालिका-४ निवासी साथी जितेन्द्र रौनियारको कोठामा बेहोस अवस्थामा भेटिएको थिए । निजका भाइ प्रहरी जवान अरविन्द गिरीले बेहोस अवस्थामै उनलाई नारायणी अस्पतालमा पुर्‍याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

मृतक प्रहरी जवानको शव परीक्षणपछि परिवारलाई जिम्मा लगाइएको र घटनाका बारेमा थप अनुसन्धान भइरहेको खनालले बताए । यसैगरी वीरगञ्ज, महानगरपालिका-६ रेशमकोठीमा रहेको शिखर डिक्सनरी कम्पनीको ना ५ ख ७७६ नम्बरको बसमा एक भारतीय मृत फेला परेका छन् ।

बस रिजर्भ गरी मकवानपुरको हेटांडा गएको र पिकनिक मनाई वीरगञ्ज, फर्केर आउँदा कम्पनीका स्टाफ भारत विहार रक्सौल निवासी ५५ वर्षीय मनोज श्रीवास्तव बसकै सिटमा अचेत अवस्थामा फेला परेका थिए ।

उपचारका लागि वीरगञ्जस्थित तराई अस्पतालमा पुर्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका प्रहरी नायब उपरीक्षक खनालले जानकारी दिए । मृतकको शव परीक्षणका लागि नारायणी अस्पतालमा पठाइएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७