शाहरुखको ‘कमब्याक’ फिल्म ‘पठान’ को रिलिज मिति घोषणा


१८ फाल्गुन २०७८, बुधबार
pathan1646217489

मुम्बइ । बलिउड ‘बादशाह’ शाहरुख खानको कमब्याक फिल्म ‘पठान’ को रिलिज मिति घोषणा भएको छ । यो शाहरुखको चार वर्षपछि चलचित्रमा कमब्याकको संकेत गर्ने चलचित्र हो ।

सिद्धार्थ आनन्दको निर्देशन रहेको पठानमा शाहरुखसहित दीपिका पादुकोण र जोन अब्रहाम मुख्य भूमिकामा छन् । बुधबार निर्माण टिमले तीनै अभिनेताहरूबाट देशको बारेमा भनिएका संवादलाई समेटेर १ मिनेट लामो टिजर सार्वजनिक गर्दै रिलिज मिति घोषणा गरेको हो ।

चलचित्र २०२२ को जनवरी २५ तारिखमा रिलिज हुँदैछ । चलचित्र हिन्दी, तमिल र तेलुगु गरि तीन भाषामा रिलिज हुनेछ । यस जासुस एक्सन-थ्रिलर चलचित्रमा शाहरुख जासुसको भूमिकामा छन् । शाहरुख अन्तिमपटक आनन्द एल रोयको निर्देशनमा बनेको ‘जिरो’मार्फत ठूलो पर्दामा देखिएका थिए । सन् २०१८ मा रिलिज भएको यो चलचित्रले बक्स अफिसमा निकै खराब प्रदर्शन गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७