नाबालिका भाञ्जीलाई करणी गरेको आरोपमा मामा पक्राउ


२ चैत्र २०७८, बुधबार
pakrau
फाइल फोटो

गोरखा । भाञ्जी नाताकी १३ वर्षीया बालिकालाई करणी गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । शहीदलखन गाउँपालिका-८ ढोडेनी चिसापानीका २९ वर्षका युवकलाई मंगलबार पक्राउ गरिएको प्रहरी निरीक्षक धर्मबहादुर अधिकारीले बताए ।

उनले गत फागुन १९ गते बालिकालाई करणी गरेको भन्दै बालिकाको आमाले जिल्ला प्रहरी कार्यालय गोरखामा जाहेरी दिएपछि आरोपितलाई पक्राउ गरी मुद्दा दर्ता भएको हो । प्रहरीले उनीविरुद्ध बुधवार गोरखा जिल्ला अदालतमा मुद्दा दर्ता गरी सात दिनको म्याद थप गरेर अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक अधिकारीले बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७