निर्वाचनको ‘रकेट’ छुटिसक्यो, गन्तव्यमा पुर्‍याउन नसके दुर्घटना हुन्छ : थपलिया


२९ चैत्र २०७८, मंगलवार
dinesh Thapaliya


विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनको ‘रकेट’ छुटिसकेकाले यसलाई गन्तव्यमा पुर्‍याउन नसके दुर्घटना हुने बताएका छन् । उनले अब स्थानीय तहको निर्वाचन कसैले रोक्न नसक्ने बताएका छन् । आज (मंगलबार) विराटनगरमा आयोजित मिडिया अभिमुखीकरण कार्यक्रममा थपलियाले यस्तो बताएका हुन् ।

‘गाडी छुटेको होइन, प्लेन छुटेको होइन, बरु रकेट प्रक्षेपण भएको हो । अब यसको दिशा बदल्न वा रोक्न सकिंदैन’, उनले भने, ‘निर्वाचन रोकिए दुर्घटना हुन्छ । आयोग दुर्घटना घटाउन चाहँदैन ।’

थपलियाले निर्वाचन हुँदैन भन्ने कुनै शंका नराख्न आग्रह गर्दै ३५ जिल्लाको मतपत्र छाप्ने काम सकिएको, निर्वाचन अधिकृत चयन कार्य पूरा भएको जानकारी दिएका छन् । अब मतदाता अभिमुखीकरण समेत शुरु हुने अवस्था भइसकेकाले निर्वाचन रोक्ने कुराको कल्पना गर्न नसकिने उनको भनाइ छ । निर्वाचन सम्पन्नताका लागि राजनीतिक दलको अहम् भूमिका रहने बताउँदै उनले सञ्चारमाध्यमलाई उपयुक्त भूमिका खेल्न आग्रह गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७