एनएमबि बैंकले पायो ‘ए’ रेटिङ


१५ बैशाख २०७९, बिहीबार
nmb bank lnn7sEaN3V

काठमाडौं, १५ बैशाख। एनएमबि बैंकले विगतको स्तर सुधार गर्दै ‘ए’ रेटिङ पाएको छ। यो रेटिङ पाउने संस्था समयमा वित्तीय दायित्व पूरा गर्न पर्याप्त मात्रामा सुरक्षित मानिन्छन र न्यून कर्जा जोखिम रहन्छ। इक्रा नेपालले बैंकलाई ‘ए’ रेटिङ दिएको हो।
विगतका वर्षहरुमा विभिन्न संस्थाहरुसँग भएको मर्जर तथा प्राप्ति सकारात्मक प्रभाव, कर्जा गुणस्तरमा भएको सुधार, बलियो शाखा सञ्जाल लगायत कारणले यो रेटिङ पाएको बैंकको जिकिर छ।

कोभिडका कारण देशको समग्र आर्थिक अवस्थामा प्रभाव परिरहँदा समेत बैंकको परिसूचकमा देखिएको सुधारले स्तर वृद्धि भएको विज्ञप्तिमा उल्लेख छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७