बैंक अफ काठमाण्डुको नयाँ शाखा कास्कीको पावरहाउसमा


१६ बैशाख २०७९, शुक्रबार
bank of kathamandu scaled

काठमाडौं, १६ बैशाख । बैंक अफ काठमाण्डू लिमिटेडको नयाँ शाखा पोखरा महानगरपालिका वडा नं. ३०, पावरहाउस चोक स्थित पावरहाउसमा खुलेको छ ।

शुक्रबार एक समारोहका बिच लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेय तथा बैंकका संचालक मोहना लोहनीबाट संयुक्त रुपमा उद्दघाटन गरी औपचारिक सुरुवात गरेको हो ।

उक्त औपचारिक कार्यक्रममा बैंकका संचालक मोहना लोहनीले ग्राहकहरूको उच्चतम लाभलाई मध्यनजर गर्दै समय सुहाउँदो आवश्यक प्रविधिगत सेवाहरु उपलब्ध गराई उत्कृष्ट बैंकिङ्ग सेवा उपलब्ध गराउदै जानेमा बैंक प्रतिबद्ध रहेको बताइन् । यसैगरी गण्डकी प्रदेशमा थप शाखा कार्यालयहरु पनि चाँडै संचालनमा ल्याउने योजना बैंकको समेत उनले जानकारी दिइन् ।

उक्त कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बैंक अफ काठमाण्डू लिमिटेडलाई पावरहाउस क्षेत्रमा स्वागत गरे ।

स्थानिय उद्योग ब्यावसाय क्षेत्र तथा स्थानिय सर्वसाधारणहरुको आवश्यकतालाई ध्यानमा राखि बैंकले सेवा प्रदान गर्ने लेखनाथ उद्योग वाणिज्य संघले विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७