सत्ता गठबन्धनलाई पछि पार्दै धरानको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङको अग्रता


४ जेष्ठ २०७९, बुधबार
Harka Sangpang

विराटनगर : धरान उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले पुनस् अग्रता लिएका छन् । यसअघि नेपाली कांग्रेसका उम्मरेदवार किशोर राईसँग ६८ मत अन्तरले पछाडि रहेका साम्पाङ पछिल्लो पछिल्लो परिणाम अनुसार ५० मतले अगाडि छन् ।

कांग्रेसका मेयर उम्मेदवार किशोर राईको शुरुदेखिकै फराकिलो अग्रतालाई लौरोधारी स्वतन्त्र उम्मेदवार हर्क साङपाङले रोकेर अघि बढेका छन् ।

पछिल्लो गणना अनुसार रुखको ८१२६ मत छ भने लौरोको ८१४० मत छ । एमालेकी मञ्जु भण्डारी भने ६७१३ मतसहित निकै पछाडि छन् । उपमेयरमा भने एमाले र कांग्रेसका उम्मेदवारको टक्कर छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७