उपत्यकाको वायु सासै फेर्न नसक्ने गरी प्रदुषित, प्रत्येक बर्ष १० हजारको मृत्यु


७ पुष २०७५, शनिबार
ktm

काठमाडौं, ७ पुस । वायुलगायत प्रदूषणले काठमाडौंको जनजीवन नराम्ररी प्रभावित भएको छ । सवारीसधानले फालेको धुँवा, सडकको धुलो र अन्य प्रदूषणले पैदल हिँड्न र सास फेर्न कठिन भइरहेको छ ।

ktm

तर, वायु प्रदूषण नियन्त्रण गर्न उपभोक्ताबाट उठाइएको रकम प्रयोगमा आउन सकेको छैन । सरकारले पेट्रोलियम पदार्थबाट डिजेल र पेट्रोल प्रयोग गरेबापत उपभोक्ताबाट प्रतिलिटर ५० पैसा प्रदूषण शुल्क लिने गरेको छ ।

यसरी उठाएको रकम पाँच अर्बभन्दा बढी पुगेको छ । नेपाल आयल निगमले २०६६ सालदेखि डिजेल र पेट्रोलमा प्रतिलिटर ५०-५० पैसाका दरले उठाएर सरकारलाई बुझाउँदै आएको छ । आजको नागरिक दैनिकमा यो खबर छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा वायु प्रदुषणका कारण लाग्ने रोगबाट प्रत्येक बर्ष १० हजारको मृत्यु हुने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७