अभिनेत्री स्वस्तिमा खड्कालाई दुईजना सुरक्षा गार्ड


६ असार २०७९, सोमबार
Swastima Khadka

काठमाडौं : अभिनेत्री स्वस्तिमा खड्कालाई सुरक्षाको व्यवस्था गरिएको छ । शुक्रबारबाट देशभर रिलिज भएको चलचित्र ‘चिसो मान्छे’को हल भिजिटमा जाँदा उनका लागि सुरक्षा गार्डको व्यवस्था गरिएको हो ।

‘कबड्डी ४’ फिल्मको हल दौडाहामा पुगेको बेला सिभिल मलमा फुर्वाले अभिनेत्री मिरुना मगरलाई दुर्व्यवहार गरेको भन्दै विवाद उत्पन्न भएको थियो । विवाद चर्किंदै जाँदा भारतको सिक्किममा फिल्मलाई प्रतिबन्ध लगाइएको छ भने जिल्ला प्रशासन कार्यालय काठमाडौंमा मुद्दा परेको छ ।

यही घटनालाई मध्यनजर गरेर चलचित्रको प्रमोसनका लागि सिनेमा हलमा जाँदा अभिनेत्री स्वस्तिमालाई दुईजना सुरक्षा गार्ड प्रदान गरिएको चिसो मान्छे निर्माता सर्मिला पाण्डेले जानकारी दिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७