नेपालमा एकै दिन थपिए २२९ जना कोरोना संक्रमित


३१ असार २०७९, शुक्रबार
korona

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा २२९ जना कोभिड-१९ संक्रमित थपिएका छन् । ३,७१८ वटा नमुना परीक्षण गर्दा २२९ जनामा संक्रमण पुष्टि भएको हो ।

आज ४८ जना संक्रमणमुक्त भएका छन् । योसँगै देशभर सक्रिय संक्रमितको संख्या १,२८४ पुगेको छ । आज ८७ हजार ९७२ जनाले कोभिड-१९ विरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७