पोखरामा पहिरोले घर पुरियाे : एकको मृत्यु, एक घाइते


१६ श्रावण २०७९, सोमबार
77 Shares
pahiro 1 scaled


पोखरा : आज बिहान आएको पहिरोले घर पुरिँदा पोखरा महानगरपालिका–६, डिहिकोपाटनमा एकजनाको मृत्यु भएको भने एकजना घाइते भएका छन्।

अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले स्थानीय लक्ष्मी खड्का क्षेत्रीको कच्ची घरको कोठा भत्किँदा २६ वर्षीय सन्तोष सुनारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले जानकारी दिए।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

उनका अनुसार सोही घरमा भाडामा बस्दै आएका घाइते सुनारलाई बिहान उद्धार गरी उपचारका लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा लगिएपछि चिकित्सकले मृत घोषणा गरेका हुन्।

सो घटनामा माछापुच्छ्रे गाउँपालिका–१, भुर्जुङखोलाका २७ वर्षीया सुनिता सुनार भने घाइते भएकी छन्। उनी मृतकका दिदी हुन । उनको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

jagdamba.cement
rbbbb

घटना लगत्तै जिल्ला प्रहरी कार्यालय र सशस्त्र प्रहरी बलको कालिका गणबाट खटिएको प्रहरी टोलीले घाइतेको उद्धार गरेको थियो। पोखरामा गए रातिदेखि अहिले बिहानसम्म पनि अबिरल वर्षा भइरहेको छ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७