सागर फुयालको गीत : भाग्यको खेललाई


२३ श्रावण २०७९, सोमबार
Sagar Phuyal

खराब सही हुँदैन कोही, चाहन्छन् सब जीउँन रमाई
जस्तो बन्छ परिस्थिति, स्वीकारी भाग्यको खेललाई ।

काँध फेर्दा समयले, देखाउँछ आफ्नो र को हो पराई
कर्म लेख्दा भावीले, केलाउँछ के पाउँछ के के गुमाई
मर्म पर्दा आँधीले, बनाउभन्छ घर बलियो जग लगाई
जस्तो बन्छ परिस्थिति, स्वीकारी भाग्यको खेललाई ।

निलो आकास टुक्रा बादलहरू लाग्छ मोतिका माला
यही मालाजस्तै बनेको हुँन्छ हाम्रो जुनीको परिभाषा
स्वच्छन्द निलो आकास, प्रतिक उन्मुक्त जीवनलाई
जस्तो बन्छ परिस्थिति, स्वीकारी भाग्यको खेललाई ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७