आज एकै दिन तीन नेपाली चलचित्र हलमा


३ भाद्र २०७९, शुक्रबार
thh1660872544

काठमाडौं । आज (शुक्रबार) एकै दिन तीन नेपाली चलचित्र रिलिज भएका छन् । श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर आज एकसाथ तीन वटा नेपाली चलचित्र रिलिज भएका हुन् ।

परिच्छेद सेनको ‘प्रेमगञ्ज’ आज रिलिज भएको छ । यसमा तेज गिरी, बेनिशा हमाललगायत कलाकार मुख्य भूमिकामा छन् ।
दीपक ओलीको ‘कृष्ण लीला’ पनि आजै रिलिज भएको छ । यो चलचित्रमा पुष्प खड्का र श्रद्धा क्षेत्री मुख्य भूमिकामा छन् ।

आजै ‘माइल अधिकारी’ पनि रिलिज भएको छ । रञ्जित गुप्ताले निर्देशन गरेको चलचित्रमा सौगात मल्ल र श्रृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७