सिण्डिकेट सडक : अर्काको गाडी बन्द गर्न, आफ्नै गाडी बन्द !


२१ चैत्र २०७४, बुधबार
mayur

काठमाडौ, २१ चैत : भक्तपुरतिर यातायात बन्द छ । यातायात व्यवसायी आफैंले यो बन्द गरेका हुन् । कारण चाहिं अनौठो छ, यो रुटमा थपिन लागेको एउटा यातायात कम्पनीको गाडी बन्द गर्नुपर्छ रे ! होइन भने आफ्नो गाडी बन्द । मागै गजब छ–अर्काको गाडी बन्द गर्ने भए गर नभए हामी आफंै गाडी बन्द गर्छौं । वाह ! अर्काको गाडी बन्द गर्न आफ्नो गाडी बन्द !mayur

उनीहरूले भोलि आएर यस्तो नभनुन्–फलाना मान्छेलाई पक्रने भए पक्र, नत्र हामी जेल जान्छौं ! अथवा यस्तो पनि नभनुन्–फलाना मान्छेलाई मार्ने भए मार नभए हामी आत्महत्या गर्छौ ! बाटो सरकारले बनाउने, अनि त्यहाँ गाडी चाहिँ सिण्डिकेटले भनेको मात्रै चलाउन पाइने । सिण्डिकेटलाई मन लागेको कम्पनी, सिण्डिकेटलाई मन लागेको गाडी, सिण्डिकेटलाई मन लागेको ड्राइभर, सिण्डिकेटलाई मन लागेको खलाँसी भएको गाडी मात्रै त्यहाँ चलाउन पाइने भएपछि यसले त बडा गम्भीर प्रश्न पो जन्माई दियो ।

नेपालमा यतिबेला सरकारले सरकार चलाइरहेको छ कि सिण्डिकेटले सरकार चलाइरहेको छ ? अथवा यो बाटो जत्तिको स्वायत्त सरकार सिण्डिकेट हो ? अथवा यो सिण्डिकेटवालाहरूले त्यो बाटोको लालपूर्जा नै आफ्नो नाममा झिकिसक्या हो कि ? नभए सार्वजनिक सडकमा क–कसको गाडी चलाउने भनेर सिण्डिकेटलाई सोध्नुपर्ने किन ? यो खबर जनआस्थाले लेखेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७