भूमि आयोग नुवाकोटमा नौ हजार निवेदन


१४ भाद्र २०७९, मंगलवार
Amini
फाइल फोटो

नुवाकोट । जग्गा प्राप्तिको माग गर्दै राष्ट्रिय भूमि आयोग नुवाकोट जिल्लामा करिब नौ हजार निवेदन सङ्कलन भएको छ । जिल्लामा रहेका बाह्र पालिकामध्ये आयोगको केन्द्रीय कार्यालयसँग ‘कार्य सहमति पत्र’मा सम्झौता गरेर निवेदन सङ्कलनको चरण पूरा भएको जनाइएको छ ।

आठ वटा पालिकामा आठ हजार छ सय ४० निवेदन प्राप्त भएको आयोगको नुवाकोट अध्यक्ष अर्जुन न्यौपानेले जानकारी दिए । उनका अनुसार २०७८ फागुन २६ मा आयोगले जारी गरेको ३५ दिने सूचनाको समयसीमा भित्र भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोबासीमार्फत जग्गा प्राप्तिको माग गर्दै उक्त संख्याको निवेदन प्राप्त भएको हो । प्राप्त निवेदनमध्ये भूमिहीन दलित र भूमिहीन सुकुम्बासीको संख्या चार सय २८ वटा छ भने अव्यवस्थित बसोबासीको संख्या आठ हजार दुई सय १२ रुजु गरिएको छ ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

‘विदुर नगरपालिका-३ ले निवेदन सङ्कलन गरिसकेको भए पनि कम्प्युटरमा प्रविष्ट गर्न बाँकी रहेकाले उक्त वडाको थप हुँदा निवेदन संख्या नौ हजार पुग्ने देखिन्छ’, उनले भने, ‘सङ्कलन गरिएका निवेदनमा यसअघिका विभिन्न नाममा गठन भएका आयोगले सङ्कलन गरेको निवेदनलाई समेत समावेश गरिएको छ ।’

city
ncll 2

आयोगको केन्द्रीय कार्यालयसँग स्थानीय तहले सम्झौता पश्चात निवेदन सङ्कलनको लागि जारी गरेको ३५ दिनको अवधिमा सङ्कलन भएका निवेदनको हाल वडातहमा रहेका सहजीकरण समितिले छानबिन अघि बढाएका छन् । सूचना प्रवाहको पहुँच भन्दा बाहिर रहेका तथा निवेदन बुझाउन आवश्यक कागजात पुराउन नसकेका एवं वडामा कर्मचारीको अभावले छुट भएका सुकुम्वासीको हकमा भने ‘विशेष निणर्य’ गरेर थप निवेदन सङ्कलन गर्न सकिने आयोगले जनाएको छ ।

jagdamba.cement
nepal liquors

आयोगसँग सम्झौता गरेको मध्ये जिल्लाको तादी गाँउपालिका-३ ले पाँच परिवार सुुकुम्वासी र ३८ परिवार अव्यवस्थित बासोबासीलाई ‘निवेदन दर्ता तथा नापनक्शाको निस्सा’ गत असार २७ मा उपलब्ध गराएको थियो । जिल्लाको अन्य वडामा सहजिकरण समिति गठनको प्रक्रियामा रहेकाले त्यसपश्चात निस्सा वितरण हुने भूमि आयोग नुवाकोटका सदस्य सचिव एवं नापी अधिकृत संजिबकुमार सिंहले जानकारी दिए । उनका अनुसार आयोगको केन्द्रीय कार्यालयसंग भएको सम्झौता अनुसार जिल्लाको बेलकोटगढी नगरपालिकासहित तारकेश्वर, पञ्चकन्या र दुप्चेश्वर गाँउपालिकाले जग्गा मागका लागि यही भदौ १ मा ३५ दिने सूचना जारी प्रकाशित गरेको छ ।

निवेदन सङ्कलन पश्चात कम्प्युटरमा प्रविष्ट, वडा र पालिका सहजिकरण समितिको निणर्य, पालिकाको कार्यपालिका बैठकको निणर्य हुँदै जिल्ला सहजिकरण समितिको सिफारिससहित आयोगले जग्गा उपलब्ध गराउन नुवाकोटमा कम्तिमा छ महिना लाग्ने जनाइएको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७