स्वदेश फर्किदै गोटाबाया राजापाक्षे


१७ भाद्र २०७९, शुक्रबार
Gotabaya rajapaksha oFMhlVaFB4

कोलम्बो । श्रीलंकाका पूर्व राष्ट्रपति गोटाबाया राजापाक्षे थाइल्याण्डबाट स्वदेश फर्किने अन्तिम तयारी गरेको श्रीलंकाका सञ्चार माध्यमहरुले जनाएका छन् । टापु देश श्रीलंकाको सबैभन्दा खराब आर्थिक संकटका कारण सरकारविरुद्ध विद्रोहपछि देश छोडेर भागेका राजापाक्षे शनिबार स्वदेश फर्किन सक्ने डेली मिररले जनाएको छ ।

कोलम्बोको राष्ट्रपति भवन र राजधानीका अन्य धेरै सरकारी भवनहरूमा प्रदर्शनकारीहरूले आक्रमण गरेपछि ७३ वर्षीय राजापाक्षे देश छोडेर भागेका थिए । श्रीलंका एयरफोर्सको विमानमा माल्दिभ्स गएका पूर्व राष्ट्रपति सिंगापुर गएका थिए । उनले १३ जुलाइमा सिंगापुरबाटै राजीनामा पठाएका थिए ।

salt trading.gif.pagespeed.ce .ZcRuUKaeUT

पछि उनी अस्थायी आश्रय खोज्दै थाइल्याण्ड गए । थाइल्याण्डका विदेशमन्त्री डोन प्रमुद्विनाइले राजापाक्षेसँग कूटनीतिक राहदानी रहेकाले ९० दिनसम्म त्यहाँ बस्न सक्ने बताएका छन् ।

city
ncll 2
jagdamba.cement
nepal liquors

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७