ब्रिटेन आगोसँग खेलिरहेको छ : रुस


२३ चैत्र २०७४, शुक्रबार
100725157 4035ddec 7a6e 46f0 8d0f 44a767438bb0

काठमाडौं, २३ चैत : रुसले ब्रिटेनमा हालै एक पूर्व रुसी जासुस र उनकी छोरीलाई विष दिएको आरोप लगाएर युकेले ‘झूटो कथा रचेको’ र ‘आगोसँग खेलेको’ आरोप लगाएको छ ।100725157 4035ddec 7a6e 46f0 8d0f 44a767438bb0

राष्ट्रसंघीय सुरक्षा परिषदको बैठकमा बोल्दै रुसी राजदूतले ब्रिटेनको उद्देश्य रुसलाई अवैध ठहर्‍याउननु रहेको बताए । तर, ब्रिटेनले सोल्ज्बरी नगरमा भएको आक्रमणमा रुस जिम्मेदार रहेको बताउँदै आएको छ । पूर्वी रुसी जासुस सेर्गेइ स्क्रिपाल र उनकी छोरी युलियालाई गत महिना इङ्गल्याण्डको सोल्ज्बरीमा स्नायु प्रणालीमा असर पार्ने विष दिइएको थियो । त्यो विषको नाम रुसी रहेको छ । त्यो घटनामा रुस जिम्मेवार रहेको ब्रिटेनको भनाइ छ ।

तर, संयुक्त राष्ट्रसंघमा बोल्दै रुसी राजदूतले ब्रिटेनले ‘झूटो कथा रचेको’ आरोप लगाउँदै विष प्रकरणमा रुसको संलग्नता नरहेको दोहो¥याए । रुसी राजदूत भसिली नेबेन्जियाले ब्रिटेनले ‘डरलाग्दो र अपुष्ट आरोप’ लगाएर ‘आगोसँग खेलिरहेको’ आरोप लगाए । ‘तपाई यो भन्दा राम्रो झुटो कथा लिएर किन आउन सक्नु भएन ? हामी सबैलाई थाहा छ ब्रिटेनले हासिल गर्ने गोप्य सूचना कस्ता हुन्छन् भनेर टोनी ब्लेयरको कथाले देखाइसकेको छ । ‘हामीले ब्रिटिस साथीहरूलाई भनिसकेका छौं ’तपाईँ आगोसँग खेल्दै हुनुहुन्छ र तपाईहरूले पछुताउँनै पर्छ ।’

रुसी राजदूत नेबेन्जियाले सेर्गेइ स्क्रिपाललाई दिइएको नोभिचोक भनिने स्नायुमा असर पुर्‍याउने विषको नाम रुसी भएको स्वीकार गरे । तर, उनले त्यो रुसका दर्ता नभएको बताए । ब्रिटेनकी राजदूत क्यारेन पियर्सले ‘सबैखाले निगरानीविरुद्ध ब्रिटेन कडा रूपमा प्रस्तुत हुने’ बताइन् । उनले विष प्रकरणको संयुक्तरूपमा अनुसन्धान गर्ने रुसी प्रस्ताव उचित नभएको बताइन् । बीबीसी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७