सय बढी देशमा एकसाथ विक्रम वेधा


३१ भाद्र २०७९, शुक्रबार
vikram vedha

मुम्बई । बलिउड अभिनेता ऋतिक रोशन र सैफ अली खानको फिल्म ‘विक्रम वेधा’ विश्वका एक सयभन्दा बढी देशबाट एकसाथ प्रदर्शनमा आउने भएको छ । फिल्म भारतका अलावा उत्तरी अमेरिका, ब्रिटेन, मध्य पूर्व र अस्ट्रेलिया तथा न्यूजील्याण्डसहित कैयौं देशमा ३० सेप्टेम्बरमा रिलिज हुँदैछ ।

फिल्म युरोपका २२ देश र अफ्रिका तथा ल्याटिन अमेरिकाका २७ देशमा रिलिज हुँदैछ । जसमा जापान, रुस, पनामा र पेरु छन् । यो फिल्म सन् २०१७ को तमिल हिट फिल्म ‘विक्रम वेधा’को हिन्दी रिमेक हो । तमिल भर्सनको निर्देशन लेखक तथा निर्देशक पुष्कर र गायत्रीले गरेका थिए । फिल्ममा आर माधवन र विजय सेतुपतिको अभिनय थियो ।

यो भारतीय लोक कथा ‘विक्रम और बेताल’ मा आधारित एक्सन थ्रिलर फिल्म हो । फिल्मले एक प्रहरी अधिकारी विक्रम (सैफ) को कथा बोल्छ, जो एक समान रुपले प्रख्यात ग्याङ्स्टार वेधा (ऋतिक) लाई पक्रन र मार्न निस्किएको हुन्छ । फिल्मको निर्माण टी- सिरिज र रिलायन्स इन्टरटेनमेन्टले फ्राइडे फिल्मवक्र्स, जियो स्टुडियोज र वाईनट स्टुडियोको सहयोगमा गरेको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७