सलमान जेल परेपछि खुसी भएकी यी नायिका छुट्दा दुःखी बनिन्


२५ चैत्र २०७४, आईतवार
salman khan

काठमाडौं, २५ चैत । बलिउड अभिनेता सलमान खान जेल परेपछि बलिउडमा निराशा छाएको थियाे । तर नायिका सोफिया हयात भने सलमानले सजाय पाएकोमा खुसी भएकी थिइन ।salman khan

उनले सलमान जेल गएको खुसी सामाजिक सञ्जाल मार्फत सेयर गरेकी थिइन् । उनले इन्टाग्राममा सलमानको फोटो राख्दै बिइङ हुम्यान काटेर नो मोर बिइङ हुम्यान लेखेकी छिन् । उनले कर्मको फल मिलेको बताएकी थिइन् ।

उनले लेखेकी थिइन् ,‘ धेरै सलमानको विरुद्ध बोल्न डराउन्छन् । उनीहरूलाई लाग्छ सलमानले बलिउडलाई कन्ट्रोल गरेका छन् । तर मलाई कोहीसँग डर लाग्दैन । मलाई खुसी लागेको छ सलमानले जे र्गयो त्यसको लागी जेल जान र्पयो ।’

शनिबार सलमान जमानतमा रिहा भएपछि उनले भने दुःख व्यक्त गरेकी छन् । सामाजिक सञ्जालमा सलमानका विरुद्ध लेख्दै उनले भारतीय मुद्राको फोटोसमते राखेकी छन्। उनले लेखेकी छिन्, ‘जुन जरुरी कागजात जम्मा गरेपछि सलमानको जमानत मिलेको छ, त्यसैगरी सबैका साथमा यसप्रकारका कागजात भए उनीहरुलाई अदालत जान जरुरी नै भएन । सलमानले यस कुरालाई प्रमाणित गरिदिए कि भारतमा न्यायभन्दा धेरै भ्रष्टचार फैलिएको छ।’

अन्तमा उनले जो जो भारतीय कानुनमा विश्वास गर्छन उनीहरुप्रति मेरो सहनुभूति छ भनेर समेत लेखेकी छन् । बिहीबार सलमानका विपक्षमा फैसला भएपछि सोफिया निकै खुसी बनेकी थिइन् । भारतीय मुलकी ब्रिटिस मोडल सोफियाले २०१३ मा बिग बोस–७ मा सहभागी भएर सलमानसँग बहस गरेकी थिइन्।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७