अर्चना पनेरुका अमेरिकन प्रेमी पक्राउ


२५ चैत्र २०७४, आईतवार
archana9333

काठमाडौं, २५ चैत : नेपाली ‘पोर्न स्टार’ अर्चना पनेरुका अमेरिकन प्रेमी वल्फ प्रिन्स पक्राउ परेका छन् । शंकास्पद गतिविधिको आरोपमा प्रहरीले उनलाई पक्राउ परेको जनाएको छ । महिला तथा बालबालिकाहरुलाई अवैध रुपमा घरमा राखेको सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग बलम्बुले उनलाई शुक्रबार पक्राउ गरेको हो ।archana9333

चन्द्रागिरी–८ भकुेण्डेचौरस्थित एक घरमा बस्दै आएका प्रिन्सलाई प्रहरीले पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनको डेराबाट २ बालबालिकालाई उद्धार गरिएको प्रहरीले जनाएको छ । उद्धार गरिएका बालिकालाई महिला आयोगको जिम्मा लगाइएको छ ।

प्रिन्समाथि महानगरीय प्रहरी परिसर काठमाडौले कार्बाही अघि बढाएको छ । प्रिन्सले आफूले अर्चनासँग बिहे गरेको बताउँदै आएका छन् । उनीहरुले जोडीका रुपमा फोटो सुट पनि गरेका थिए । अर्चनाले भने उनीसँग चिनजान मात्र भएको र बिहे नगरेको बताएकी छिन् । प्रिन्स सामाजिक कामको आवरणमा अवैध धन्दामा संलग्न रहेको प्रहरीको आरोप छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७