चलचित्र ‘नम्बरी सुन’ को पहिलो गीत रेकर्ड


१२ आश्विन २०७९, बुधबार
nambari

काठमाडौं । चलचित्र ‘नम्बरी सुन’ को पहिलो गीत रेकर्ड गरिएको छ । सुवणर् सिभान्स फिल्मसको ब्यानरमा निर्माण हुन लागेको नम्बरी सुनको पहिलो गीत रेकर्ड गरिएको छ ।

संगीतकार सन्तोष श्रेष्ठले सङ्गीतबद्ध रहेको गीतमा नारायण खातीको शब्द र शान्तिश्री परियारको स्वर रहेको छ । करिब ७० वर्ष अगाडिको ऐतिहासिक सामाजिक कथालाई चलचित्रमा देखाउन लागिएको छ ।

307911529 1222624888304626 4650003832176686767 n.jpg

लमजुङको भुज्रुङ खोला, हेटौंडा, काठमाडौँका विभिन्न ठाउँमा चलचित्रको छायाङ्कन गरिनेछ । नारायण खाती प्रस्तुतकर्ता, निर्माता रहेको चलचित्रको कथा, गीत पनि उनकै रहनेछ ।

अन्तर्राष्ट्रिय बजारलाई हेरेर छायांकन गर्न लागिएको चलचित्र नम्बरी सुनको निर्देशन राजुु गिरीले गर्नेछन् । चलचित्रको मुहूर्तपछि कलाकारको जानकारी गराइने भए पनि पुराना र नयाँ कलाकारको मिश्रण रहने निर्माण टिमले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७