नेपालबाट बाहिरिन थाल्यो मनसुन, एउटा प्रदेश मात्रै बाँकी


२९ आश्विन २०७९, शनिबार
rain

काठमाडौँ । नेपालको ६ वटा प्रदेशबाट मनसुन बाहिरिएको छ । २२ जेठ अर्थात ५ जुनमा नेपालको पूर्वी भू–भागबाट मनसुन प्रवेश गरेको थियो ।

यस वर्षको मनसुन २९ असोज अर्थात् १५ अक्टोबरबाट नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र मधेश प्रदेशको पश्चिमी भू–भागबाट बाहिरिएको छ ।

नेपालको बाँकी भू–भागबाट मनसुन बहिर्गमन हुन अझै केही दिन लाग्ने सम्भावना रहेको छ । सरदरमा २ अक्टोबरबाट नेपालबाट मनसुन बाहिरिने हुन्छ । तर, यस वर्ष औसत मितिभन्दा केही दिन ढिलो गरी बहिर्गमन हुन सुरु भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७