शिव परियारको ‘छैन है गुनासो’ मा अञ्जना र विक्रमको अभिनय


२३ कार्तिक २०७९, बुधबार
s 1

काठमाडौं । गायक शिव परियारको स्वर रहेको ‘छैन है गुनासो’ बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ । प्रेम, रोमान्स र विरहलाई मुख्य विषय बनाइएको ‘छैन है गुनासो’ बोलको गीतमा अन्जना राउत, विक्रम बुढाथोकी र तेज बोगटीको अभिनय छ ।

सार्वजनिक गीतमा डिपी खनालका शब्द सृजना, नविन कार्कीको संगीत छ भने महेश महराको छायांकन छ । लक्ष्मण चौहानको सम्पादन रहेको गीतको कथा र निर्देशन विक्रम चौहानको छ ।

s1

मोडलिङमा आएको छोटो समयमा नै मोडल अञ्जनाले कैयौँ दर्शक स्रोताको मन जितिसकेका चर्चा चलेका बेला रिलिज गरिएको उनको यो पछिल्लो भिडियोले आफूलाई थप उचाई दिने अञ्जनाको विश्वास छ ।

यसअघि अञ्जनाले समीक्षा अधिकारी र सुभाष पुरीको स्वर रहेको ‘बजाई देउ’ बोलको गीतमा काम गरेपछि चर्चा सुरु भएको थियो । सार्वजनिक गीतका निर्माता हुन् गायक सुवास पुरी । गायक पुरीको ‘कुरा काट्ने मान्छेले काटून्’ बोलको गीतले औधी चर्चा बटुलेको थियो ।

गीतको भिडियो लिंक :

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७