गठबन्धनका उम्मेदवारलाई भोट माग्दै ‘दारी बाजे’ सिन्धुपाल्चोकमा


२६ कार्तिक २०७९, शनिबार
dari ba

चौतारा २५ कार्तिक : नेपाली सिने जगत र टेलि चलचित्रहरुका चर्चीत हास्य कलाकार सुरबीर पण्डित ‘दारी बाजे’ले सिन्धुपाल्चोकमा आएर लोकतान्त्रिक वाम गठबन्धनका साझा उम्मेदवारका पक्षमा मत मागेका छन् ।

हास्य प्रस्तुतीमा ‘दारी बाजे’ नामले चर्चीत पण्डितले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं १ मा भएका विभिन्न कार्यक्रममा सहभागि भएर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेदवारहरु माधव सापकोटा सुबोध र क्षेत्र नं १ को प्रदेश सभा १ का उम्मेदवार मसिना खड्कालाई जिताउन अपिल गरे ।

युवा उम्मेदवार सुबोध क्रान्तिको रापतापबाट हुर्किएको, देशमा गणतन्त्र र लोकतन्त्र प्राप्तिका लागि क्रान्तिमा होमिएको, गोलि खाएको योद्धा भएको स्मरण गराउँदै उनले राजनीतिमा युवा अघि आउनु खुसीको कुरा भएको बताए । उनले महिल अधिकारका लागि महिलाले नै जित्नु पर्ने र त्यसका लागि मसिना खड्का भण्डारीमा काम गरेर देखाउने क्षमता रहेको चर्चा गरे ।

लिसंखुपाखर गाउँपालिकाको विभिन्न स्थानमा भएको कार्यक्रममा सहभागी उनले आफ्नो मर्मस्पर्शी प्रस्तुती सहित सुबोध र मसिनालाई जिताउँदा युवा र महिलाले काम गरेर देखाउन अवसर पाउने सुनाए । युवा र महिलाले जित्दा देशले कोल्टे फेर्ने उनको तर्क थियो ।

यस अघि संगीतकार एवं गायक चेतन सापकोटा जिल्लाका विभन्न स्थानमा भएका चुनावी कार्यक्रममा सहभागी भएर लोकतान्त्रिक वाम गठबन्धनका उम्मेदवारका पक्षमा मत मागेका थिए । सापकोटाले ुअरु कुरा था छैन, गठबन्धनलाई नजिताई भाुछैन, सुबोध, सरल, मसिनालाई नजिताई भाुछैनु बोलको गित गाएर मतदाता र उम्मेदवारलाई समेत छमछमी नचाएका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७