मकवानपुर र काभ्रेमा किरियापुत्रीले गरे मतदान


४ मंसिर २०७९, आईतवार
kiriya putri matadan

मकवानपुर । मकवानपुरमा किरियापुत्रीले मतदान गरेका छन् । आइतबार मनहरी गाउँपालिका–४ पशुपतिनाथ माद्यमिक विद्यालयस्थित मतदान केन्द्रमा किरियापुत्री तीन दाजुभाइले मतदान गरेका हुन् ।

किरियापुत्रीहरू बलराम खड्काले मतदान केन्द्र (क), राजकुमार खड्का र राम खड्काले मतदान केन्द्र (ख) मा भोट हालेको मतदान अधिकृत बहादुर कुमालले जानकारी दिए । आफ्नी आमा मैया खड्काको निधनको चौथो दिन उनीहरूले किरियापुत्रीको पहिरनमै बिहान मतदान गरेका हुन् ।

kiriyaputri

यस्तै काभ्रेपलाञ्चोकमा पनि किरियापुत्रीले मतदान गरेका छन् । काभ्रेको प्रतिनिधिसभा २ को पार्वती मावि मतदान केन्द्रबाट उनीहरुले मतदान गरेका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७