मोरङको बुढीगंगा मतदानस्थलभित्रै विष्फोट, मतदान स्थगित


४ मंसिर २०७९, आईतवार
blast

मोरङ । मोरङको बुढीगंगामा मतदान केन्द्रमा विष्फोट भएपछि मतदान स्थगित भएको छ । बुढीगंगा गाउँपालिका–१ स्थित करैया देवीस्थान केन्द्रमा विष्फोटपछि सो केन्द्रमा मतदान स्थगित भएको हो ।

मतदानस्थलमा लाइनमा बसेर मतदाताले मतदान गरिरहेका बेला केन्द्रभित्रै विष्फोटपछि मतदादाताको भागदौड मच्चिएका थियो । भागदौडपछि सो केन्द्रको मतदान स्थगित भएको प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले बताए । मतदान फेरि शुरु गर्न आवश्यक तयारी भइरहेको प्रमुख जिल्ला अधिकारी दाहालले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७