तनहुँ- १ बाट कांग्रेस वरिष्ठ नेता पौडेल प्रतिनिधि सभामा विजयी


८ मंसिर २०७९, बिहीबार
ramchandra paudel
फाइल फोटो

तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल प्रतिनिधि सभामा विजयी भएका छन् । २०७४ मा पराजय भोगेका उनले यस पटका तनहुँ क्षेत्र नं. १ बाट ५,३७५ मतको अन्तरसहित प्रतिनिधि सभाको टिकट काटेका हुन् ।

उनले प्रतिनिधि सभामा विजयी हुने क्रममा २५ हजार ३१८ मत ल्याएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमाले एकबहादुर रानामगर १९ हजार ९४३ मतमा समेटिए ।

२०७४ मा आफूलाई हराएका कृष्णकुमार श्रेष्ठलाई बारा ४ मा पठाएर रामचन्द्रले यो क्षेत्र लिएका थिए । एकीकृत समाजवादीका कृष्णकुमारले पनि बारा ४ बाट नतिजा आफ्नो पक्षमा पार्न सफल भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७