प्रतिनिधिसभातर्फ ८० क्षेत्रको नतिजा : कुन दलले कति सिट जिते ? (सूची)


८ मंसिर २०७९, बिहीबार
Amale taplejung scaled

काठमाडौं । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ ८० निर्वाचन क्षेत्रको अन्तिम परिणाम आएको छ । देशका १६५ निर्वाचन क्षेत्रमध्ये बिहीबार दिउँसो सवा ३ बजेसम्म ८० निर्वाचन क्षेत्रको अन्तिम परिणाम सार्वजनिक भएको हो ।

८० मध्ये ३० निर्वाचन क्षेत्रमा जीत निकालेर नेपाली कांग्रेस पहिलो स्थानमा छ । सत्तारुढ दलहरुसँग चुनावी गठबन्धन गरेको कांग्रेसले ९१ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गरेको थियो । समानुपातिक निर्वाचन प्रणालीतर्फ सबैभन्दा धेरै मत प्राप्त गरेको नेकपा (एमाले) अहिलेसम्म प्रतिनिधिसभाका १८ वटा क्षेत्रमा विजयी भएको छ । सत्ता बाहिर रहेका विभिन्न दलहरुसँग चुनावी गठबन्धनमा रहेको एमालेले १४१ क्षेत्रमा उम्मेदवारी दिएको छ ।

४६ क्षेत्रमा उम्मेदवारी दिएको सत्ता गठबन्धनको अर्को दल माओवादी केन्द्रले अहिलेसम्म प्रतिनिधिसभाका ९ क्षेत्रमा जीत हात पारेको छ । त्यस्तै २१ स्थानमा उम्मेदवारी दिएको सत्ता गठबन्धनकै अर्को दल नेकपा एकीकृत समाजवादीले अहिलेसम्म ७ सीटमा जीत दर्ता गरेको छ ।

केही महिनाअघि मात्रै दर्ता भएको रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म प्रतिनिधिसभाका ६ निर्वाचन क्षेत्रमा जीत निकालेको छ । केही क्षेत्रमा एमालेसँग चुनावी तालमेल गरेको राप्रपा अहिलेसम्म तीन क्षेत्रमा विजयी भएको छ ।

सत्ता गठबन्धनमै रहेको लोसपा दुई क्षेत्रमा विजयी हुँदा एमालेसँग गठबन्धन गरेको अर्को मधेशवादी दल जनता समाजवादी पार्टी (जसपा)ले भने अहिलेसम्म एउटा क्षेत्रमा मात्रै जीत निकालेको छ । त्यसैगरी सत्ता गठबन्धनमै रहेको राष्ट्रिय जनमोर्चा एक क्षेत्रमा विजयी हुँदा स्थानीय तह निर्वाचनको संघारमा दर्ता भएको नागरिक उन्मुक्ति पार्टीले पनि १ सीट जीतेको छ ।

त्यसैगरी अहिलेसम्म नारायणमान विजुक्छे नेतृत्वको नेपाल मजदुर किसान पार्टीले १ क्षेत्रमा जीत दर्ता गर्दा बर्दियाबाट १ जना स्वतन्त्र उम्मेदवार पनि विजयी भएका छन् ।
प्रतिनिधिसभामा अहिलेसम्म विजयी हुनेहरुको सूची

नेपाली कांग्रेस
(१) मुस्ताङ– योगेश शेरचन
(२) मनाङ– टेकबहादुर गुरुङ
(३) काठमाडौं १ – प्रकाशमान सिंह
(४) काठमाडौं ३ – सन्तोष चालिसे
(५) काठमाडौं ४– गगनकुमार थापा
(६) काठमाडौं ५ – प्रदीप पौडेल
(७) रसुवा– मोहन आचार्य
(८) ललितपुर १– उदय शमशेर जबरा
( ९) तनहुँ २ – शंकर भण्डारी
(१०) डडेल्धुरा– शेरबहादुर देउवा
(११) काठमाडौं १० – राजेन्द्रकुमार केसी
(१२) पर्सा ४ – रमेशकुमार रिजाल
(१३) सुर्खेत २ – हृदयराम थानी
(१४) ओखलढुंगा– रामहरि खतिवडा
(१५) झापा १– विश्वप्रकाश शर्मा
(१६) पर्सा १– अजयकुमार चौरसिया
(१७) गोरखा १– राजेन्द्र बजगाँई
(१८) म्याग्दी– खमबहादुर गर्बुजा
(१९) अछाम २ – पुष्पबहादुर शाह
(२०) कैलाली ४ – वीरबहादुर बलायर
(२१) दार्चुला – दिलेन्द्र प्रसाद बडू
(२२) कञ्चनपुर ३ – रमेश लेखक
(२३) कञ्चनपुर २– एनपी साउद
(२४) मोहनबहादुर बस्नेत
(२५) दैलेख २ – दिक्पालकुमार शाही
(२६) भक्तपुर २ – दुर्लभ थापा
(२७) नवलपरासी पूर्व १ – शशांक कोइराला
(२८) तनहुँ १ – रामचन्द्र पौडेल
(२९) बाँके ३ – किशोरसिंह राठोर
(३०) रौतहट ४ – देवप्रकाश तिमल्सिना

नेकपा एमाले
(१) उदयपुर २ – अम्बरबहादुर रायमाझी
(२) काठमाडौं ९ – कृष्णगोपाल श्रेष्ठ
(३) ललितपुर २– प्रेमबहादुर महर्जन
(४) गुल्मी २ – गोकर्ण विष्ट
(५) झापा २ – देवराज घिमिरे
(६) झापा ५ – केपी शर्मा ओली
(७) ताप्लेजुङ– योगेश भट्टराई
(८) पर्सा ३ – राजकुमार गुप्ता
(९) अर्घाखाँची – टोपबहादुर रायमाझी
(१०) प्युठान – सूर्य थापा
(११) लमजुङ – पृथ्वीसुब्बा गुरुङ
(१२) मकवानपुर २ – महेश बर्तौला
(१३) सोलुखुम्बु– मानवीर राई
(१४) पर्वत – पदम गिरी
(१५) झापा ४– लालप्रसाद साँवा लिम्बु
(१६) रुपन्देही ५– बासुदेव घिमिरे
(१७) धनकुटा – राजेन्द्रकुमार राई
(१८) कास्की २ – विद्या भट्टराई

नेकपा (माओवादी केन्द्र)
(१) सिन्धुली २– लेखनाथ दाहाल
(२) सिन्धुपाल्चोक १ – माधव सापकोटा
(३) बाग्लुङ २ – देवेन्द्र पौडेल
(४) रोल्पा – वर्षमान पुन
(५) रुकुम पूर्व १ – पूर्णबहादुर घर्तीमगर
(६) जाजरकोट – शक्तिबहादुर बस्नेत
(७) गोरखा २ – पुष्पकमल दाहाल ‘प्रचण्ड’
(८) दाङ २– रेखा शर्मा
(९) खोटाङ– रामकुमार राई

नेकपा एकीकृत समाजवादी
(१) अछाम १ – शेरबहादुर कुँवर
(२) बारा ४ – कृष्णकुमार श्रेष्ठ
(३) बझाङ – भानुभक्त जोशी
(४) दैलेख १ – अमरबहादुर थापा
(५) डोटी – प्रेम आले
(६) सल्यान – प्रकाश ज्वाला
(७) रौतहट १– माधवकुमार नेपाल

राष्ट्रिय स्वतन्त्र पार्टी
(१) काठमाडौं ७ – गणेश पराजुली
(२) काठमाडौं ८ – विराजभक्त श्रेष्ठ
(३) काठमाडौं २ – सोबिता गौतम
(४) काठमाडौं ६ – शिशिर खनाल
(५) चितवन २– रवि लामिछाने
(६) ललितपुर ३– डा.तोसिमा कार्की

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)
(१) बाँके २ – धवलसमशेर जबरा
(२) जुम्ला – ज्ञानेन्द्रबहादुर शाही
(३) मकवानपुर १– दीपकबहादुर सिंह

लोकतान्त्रिक समाजवादी पार्टी
(१) रुपन्देही ४ – सर्वेन्द्रनाथ शुक्ला
(२) सर्लाही १– रामप्रकाश चौधरी

जनता समाजवादी पार्टी (जसपा)
(१) पर्सा १ – प्रदीप यादव

नेमकिपा
(१) भक्तपुर १– प्रेम सुवाल

राष्ट्रिय जनमोर्चा
(१) बाग्लुङ – चित्रबहादुर केसी

नागरिक उन्मुक्ति पार्टी
(१) कैलाली १– गंगाराम चौधरी

जनमत पार्टी
(१) सप्तरी २– सीके राउत

स्वतन्त्र
(१) बर्दिया २ – लालवीर चौधरी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७