बाजुरामा बद्री पाण्डेको अग्रता, कर्ण थापा १,१४८ मतले पछाडि


१६ मंसिर २०७९, शुक्रबार
Badri Pandey Karna Thapa Bajura

बाजुरा । बाजुरा निर्वाचन क्षेत्र नम्बर–१ मा मतगणना जारी छ । गत ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना बिहीबार (१५ मंसिर) दिउँसोबाट शुरु भएको थियो ।

पछिल्लो मत परिणाम अनुसार यहाँ नेपाली कांग्रेसका बद्रीप्रसाद पाण्डेले अग्रता बनाएका छन् । उनले ४,२१४ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

पाण्डेलाई नेकपा एमालेका उम्मेदवार कर्णबहादुर थापाले पछ्याइरहेका छन् । थापाले ३ हजार ६६ मत प्राप्त गरेको आयोगले उल्लेख गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीका जंगकुमार गिरीले २२ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७