पोर्चुगल पहिलो हाफमा दुई गोलले अगाडि


२१ मंसिर २०७९, बुधबार
inbound3626758951363828297

काठमाडौं । फिफा विश्वकप कतार २०२२ अन्तर्गत अन्तिम १६ चरणको अन्तिम खेलमा पोर्चुगलले स्विट्जरल्यान्डविरुद्ध पहिलो हाफमै २-० को अग्रता लिएको छ ।

कप्तान क्रिस्टियानो रोनाल्डोलाई बेन्चमा राखेको पोर्चुगलले उनकै स्थानमा खेलिरहेका फरवार्ड गोन्कालो रामोसको गोलमा अग्रता लियो । १७ अ‍ौं मिनेटमा रामोसले जोआअ‍ो फेलिक्सको पासलाई सदुपयोग गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरे ।

inbound3626758951363828297

कार्यवाहक कप्तान पेपेले ३३ अ‍ौं मिनेटमा अग्रता दोब्बर पारे । ब्रुनो फर्नान्डेसको कर्नरमा पेपेले ६ यार्ड बक्स भित्रबाट हेडरमार्फत गोल गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७