आज मोरक्को र पोर्चुगल तथा फ्रान्स र इङल्याण्ड भिड्दै : को कति बलियो ?


२४ मंसिर २०७९, शनिबार
Portugal Morocco 1670641245

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबल प्रतियोगिता अन्तर्गत आज (शनिबार) क्वार्टर फाइनलका अन्तिम दुई खेल हुँदैछन् । शनिबार हुने पहिलो खेल तथा तेस्रो क्वार्टर फाइनलमा मोरक्को र पोर्चुगलबीच कतारको दोहास्थित अल थुमाम रंगशालामा खेल हुनेछ । ४४ हजार ४ सय दर्शक क्षमताको रंगशालामा यी दुई टोलीबीचको खेल राति पौने ९ बजे शुरु हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् ।

स्पेनलाई पेनाल्टी सुटआउटमा हराउँदै मोरक्को क्वार्टर फाइनलमा पुगेको थियो । स्विट्जरल्याण्डलाई हराएर पोर्चुगल पनि क्वार्टर फाइनलमा पुगेको थियो । यस्तै अन्तिम क्वार्टर फाइनलमा साविक विजेता फ्रान्स र इङल्याण्डबीच प्रतिस्पर्धा हुनेछ । यी दुई टोलीबीचको खेल राति पौने १ बजे शुरु हुनेछ । दुवै टोली जित निकाल्दै सेमिफाइनल पुग्ने योजनामा रहेका छन् । फ्रान्सले पोल्याण्डलाई तथा इङल्याण्डले सेनेगललाई हराएका थिए ।

अहिलेसम्म मोरक्को र पोर्चुगलबीच विश्वकपमा दुई पटक भेट भएको छ । सन् २०१८ को विश्वकपको समूह चरणमा पोर्चुगलले मोरक्कोलाई १–० गोल अन्तरले पराजित गरेको थियो । त्यसअघि सन् १९८६ को विश्वकपको समूह चरणमै मोरक्कोले पोर्चुगललाई ३–१ गोल अन्तरले पराजित गरेको थियो ।

आजको खेल मोरक्कोले जितेमा विश्वकपको सेमिफाइनल पुग्ने पहिलो अफ्रिकी टोली बन्ने छ । यसअघि सन् १९९० मा क्यामरुन, सन् २००२ मा सेनेगल र सन् २०१० मा घाना क्वार्टर फाइनलमा पुगेका थिए, तर तीनै टोली पराजित भएका थिए ।
पोर्चुगलको पनि यो तेस्रो क्वार्टर फाइनल हो । यसअघि खेलेका दुई वटा क्वार्टर फाइनलमा जित हासिल गरेको थियो ।

सन् १९६६ को विश्वकपमा कोरियालाई ५–३ गोल अन्तरले र सन् २००६ मा इङ्ल्याण्डलाई पेनाल्टी सुटआउटमा ३–१ गोल अन्तरले पराजित गर्दै पोर्चुगल सेमिफाइनल पुगेको थियो । दुवै टोलीले खेलका पछिल्लो पाँच वटा खेलमा भने मोरक्को बलियो देखिएको छ । मोरक्कोले पाँच खेलमा चार खेल जितेको छ भने एउटामा बराबरी खेलेको छ । पोर्चुगलले चार खेल जितेको छ भने एउटा हारेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७