सम्पत्तिका लागि अभिनेत्री वीणा कपुरको आफ्नै कान्छा छोराले गरे हत्या


२४ मंसिर २०७९, शनिबार
veena kapoor d

मुम्बइ । भारतीय टेलिभिजन सिरियल अभिनेत्री वीणा कपुरको हत्या भएको छ । ७४ वर्षको उमेरमा उनको आफ्नै कान्छो छोरा सचिन कपुरले हत्या गरेको भारतीय सञ्चार माध्यमले जनाएका छन् । सम्पत्तिको लोभमा सचिनले यस्तो कदम चालेको भारतीय प्रहरीको अनुमान छ । हत्याको आरोपमा सचिनलाई प्रहरीले पक्राउ गरिसकेको छ ।

वीणालाई सचिनले बेसबलको ब्याटले कुटेर मारेपछि उनको शव घरबाट ९० किलोमिटर टाढा फालिदिएको आरोप लागेको छ । यस घटनाको जानकारी टिभी अभिनेत्री निलु कोहलीले आफ्नो सामाजिक सञ्जालमार्फत दिएकी छन् ।

भारतको जुहुस्थित उनको आफ्नै घरमा उक्त घटना भएको हो । जहाँ सचिनले आफ्नी आमालाई बेसबलको ब्याटले कुटेर उनको शव माथेरान नदीमा फालिदिएका थिए । उनका अमेरिकामा रहेका अर्को छोरालाई शंका लागेपछि जुहु प्रहरी चौकीमा खबर गरेका थिए । अनुसन्धानका क्रममा १२ करोडको फ्ल्याट हडप्न यो कदम चालेको प्रहरीलाई सचिन आफैले बताएको समाचारमा उल्लेख छ ।

प्रहरीका अनुसार वीणाको छोरा सचिनले उनको हत्या गरेपछि शवलाई फ्रिजको कार्टुनमा प्याक गरेर फ्लेका थियो । आरोपित सचिनले ठूलो उक्त शव रहेको बाकस फाल्न नोकरको सहयोग लिएका थिए । वीणा भारतीय टेलिभिजन उद्योगमा एक चर्चित नाम थियो । उनले मेरी भाभी, मित्ते प्यारे नु हाल मुरिदान दा कहना, दलः द ग्याङ र बन्धन फेरो के जस्ता धेरै टिभी शोमा काम गरेकी थिइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७