टुँडिखेलमा साकेला उधौलीको रौनक (फोटोफिचर)


२४ मंसिर २०७९, शनिबार
sakela katahamandu 2

काठमाडौं । किराँत समूदायको ‘साकेला उधौली’ पर्व मनाउने क्रम जारी छ। बिहीवारबाट शुरु भएको साकेला उभौलीको तेस्रो दिन किरात समुदाय आज टुँडिखेलमा जम्म भए। किराँत राईको पर्व उधौलीको अवसरमा टुँडिखेलमा कार्यक्रम आयोजना गरिएको छ। शनिवार राजधानीको सुन्धारास्थित टुँडिखेलमा किराँत राई यायोक्खा, जिल्ला कार्यसमिति काठमाडौंद्वारा आयोजित कार्यक्रममा भूमि पूजा गर्नुका साथै साकेला नाच समेत प्रदर्शन गरिएको थियो।


किराँतीहरु प्रकृति पूजक भएकाले प्रकृतिलाई खुसी पार्न हरेक वर्ष बाली लगाउने समयमा उभौली र अन्नबाली पाकि सकेपश्चात् बाली भित्र्याउँदै उधौली पर्व मनाउँछन्। शनिबार टुँडिखेलमा साकेला उधौली चाड मनाउन जम्मा भएका किराँती समुदायका बालक, युवादेखि वृद्धसम्ममा उल्लासको रौनक छाएको थियो ।

sakela udhauli kathamandu 5 scaled

मानव सभ्यतादेखि वर्तमान सययमा सम्पूर्ण समाजमा घटेका घटनालाई साकेला सिली छारा नाचेर प्रस्तुत गर्नु नै साकेला सिली हो । यसमा सिकार खेल्नेदेखि कृषि उत्पादनको युग, उद्योग उत्पादन हुँदै वर्तमान युगमा लुगा लगाएर नक्कल झक्कल आदिलाई नाचद्वारा झल्काइन्छ ।

टुँडिखेलमा किराँती पहिरनमा विभिन्न समूह बनाएर साकेला नाच्नेको निकै रौनक थियो । परिवार, आफन्त र साथीभाइका साथ कार्यक्रममा पुगेका केही नाच्नमा व्यस्त थिए भने केही खानपिनमा रमाइरहेका थिए । किराँती समुदायले परम्परागत कला, संस्कृति, वेषभूषाको संरक्षण र प्रवद्र्धनका लागि वर्षमा दुईपटक टुँडिखेलमा जम्मा भएर साकेला चाड मनाइँदै आइएको छ । उधौली र उभौलीमा किराँत राईहरूको प्रत्येक घरमा तीन चुल्हा पुज्नुका साथै साकेला थानमा भूमिको पूजाआजा गरेपछि साकेला गीतको भाका तथा ढोल र झ्याम्टाको तालमा सिली टिप्दै गोलो घेरा हालेर साकेला सिली नाच्ने गरिन्छ।

sakela udhauli kathamandu 11


देशका विभिन्न जिल्लाबाट काठमाडौं आएर बसिरहेका किराती राई तथा सुनुवारहरुले टुडिखेलमा ‘साकेला शिली’ नाच्दै शुभकामना आदान प्रदान गर्दे शनिबार भव्यताका साथ मनाएको हो । कार्यक्रममा किरात राई यायोख्खाको अध्यक्ष जिवन हाताचो राईले उद्धघाटन गरेका थिए ।

sakela udhauli kathamandu 1 scaled


उधौली चाड मानिस, जनावर तथा चराचुरुङ्गी लेकतिरबाट बेंशीतिर बसाइँ सर्ने समय भएको सङ्केत गर्न तथा अन्नबाली भित्र्याइएको खुशियालीमा मनाउने गरिन्छ । किराँत राई प्रकृति र पितृपूजक हुन् । किराँत राईले मनाउने विभिन्न चाडमध्ये प्रमुख चाड उभौली तथा उधौली हुन् । यी चाड वर्षमा दुईपटक मनाइन्छ । मङ्सिर पूर्णिमा मनाइने चाडलाई उधौली र वैशाख पूर्णिमामा मनाइने चाडलाई उभौली र भनिन्छ ।

sakela udhauli kathamandu 13 scaled

साकेला उधौली चाड पूर्वी नेपालको खोटाङ, भोजपुर, धनकुटा, उदयपुर, ओखलढुङ्गा, सोलुखुम्बु, सङ्खुवासभा, सुनसरी, इलाम, पाँचथर, झापा, मोरङलगायत किराँत समुदायको बसोबास रहेको ठाउँमा साकेला नाच नाच्दै धुमधामका साथ मनाइने गरिएको छ। साकेला उधौली तथा उभौली किराँत राई, लिम्बू, याक्खा र सुनुवार समुदायले मुख्य चाडका रुपमा उधौली १५ तथा उभौली महिना दिनसम्म मान्ने गरेका छन्।

sakela tudikhel scaled

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७