भारतीय अभिनेता ओबराय नेपालमा


२९ मंसिर २०७९, बिहीबार
Bibek

काठमाडौँ । भारतीय चलचित्रका अभिनेता विवेक ओबराय बुधबार नेपाल घुम्न आइपुगेका छन् । उनी परिवारसहित घुम्न आएका हुन् । व्यवसायी पुनम यादवको निम्तोमा आएका अभिनेता ओबराय १० दिन नेपालमा रहनने बताइएको छ ।

‘पहिलो पटक नेपाल आएको हुँ, मेरो बुबाआमा धेरै पटक आइसक्नु भएको छ’, त्रिभुवन विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले भने । नेपाल बसाइँका क्रममा पशुपतिनाथ दर्शनका साथै लुम्बिनी, पोखरालगायत ठाउँ घुम्ने कार्यक्रम रहेको बताइएको छ ।

अभिनेता ओबरायले प्याराग्लाइडिङ, बन्जीजम्प, धौलागिरि हिमालको अवलोकनसँगै म्याग्दीको घोरेपानी क्षेत्र घुम्ने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७