रौतहटको नेपाल–भारत सीमा नाका दुई दिनका लागि बन्द हुँदै


१ पुष २०७९, शुक्रबार
shima naka banda
फाइल् फोटो

रौतहट । रौतहटको नेपाल–भारत सीमा नाका दुई दिन बन्द गरिने भएको छ । आउँदो पुस ३ गते (डिसेम्बर १८) भारतको बैरगनिया क्षेत्रमा हुन लागेको नगरपालिका आम निर्वाचनको लागि नाका दुई दिन बन्द हुने भएको हो ।

जिल्ला निर्वाचन कार्यालय, सीतामढीले सूचना जारी गर्दै शुक्रबार (डिसेम्बर १६) साँझदेखि आइतबार साँझ (डिसेम्बर १८) सम्मको लागि सीमा नाका बन्द गर्न लागेको जानकारी गराएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
निर्वाचनलाई शान्तिपूर्ण ढंगले सम्पन्न गर्ने उद्देश्यले ४८ घण्टा सीमा नाका बन्द रहने सूचना भारतीय प्रशासनले दिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७