भारतले न्यायालयभित्रैबाट राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको छ : बिजुक्छे


२ पुष २०७९, शनिबार
narayanman

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले भारतले न्यायालयभित्रैबाट राष्ट्रपति बनाउने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन् ।

अध्यक्ष बिजुक्छेले खिलराज रेग्मीलाई मन्त्रीपरिषदको अध्यक्ष बनाए जसरी नै भारतले राष्ट्रपति पनि न्यायालय भित्रैबाट बनाउने प्रयास गरिरहेको उल्लेख गर्दै त्यसविरुद्ध लड्न तयार रहन समेत आह्वान गरे । भक्तपुर नगरपालिकाको ७३ औं स्थापना दिवसको अवसर पारेर शनिबार आयोजित एक कार्यक्रममा बोल्दै उनले भारतको छायाँमा देशको कार्यपालिका, न्यायपालिका समेत जकडिएकाले त्यसविरुद्ध देशभक्त शक्तिहरुले संघर्ष गर्नुपर्ने बताए ।

उनले प्रधानमन्त्री बनाउने र चुनावमा जिताउने काम समेत अहिलेसम्म भारतकै निर्णय अनुसार हुने गरेको जिकीर समेत गरेका छन् । रासायनिक मल कारखाना देशभित्रै खोल्न आफ्नो पार्टीले पटक–पटक दबाब दिए पनि मन्त्रीहरुले भारतसँग थर्कमान भएर त्यो कार्यलाई अघि बढाउन नसकेको उनको भनाइ थियो । अध्यक्ष बिजुक्छेले भारतले नेपालको जलस्रोत उपयोगको चाबी समेत आफ्नो हातमा लिएको, उद्योगधन्दाहरु निजीकरण गरेर आफ्नो इसारामा चलाएको भन्दै आक्रोश समेत व्यक्त गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७