काबुलको सैन्य विमानस्थलमा विष्फोट : १० को मृत्यु, आठ जना घाइते


१८ पुष २०७९, सोमबार
bisfot 1024x5692022 03 01 10 03 58

काबुल । काबुल सैन्य विमानस्थलमा आइतबार भएको विष्फोटमा कम्तिमा १० जनाको मृत्यु हुनाको साथै अन्य आठ जना गम्भीर घाइते भएको खामा प्रेसले तालिवानको आन्तरिक मन्त्रालयका प्रवक्तालाई उद्धृत गर्दै बताएको छ ।

तालिबान गृह मन्त्रालयका प्रवक्ता अब्दुल नाफी टक्कुरले काबुलको सैन्य विमानस्थलको मुख्य गेट नजिकै विष्फोट भएको र यसको जिम्मेवारी कसैले नलिएको बताएका छन् । उत्तरी तखार प्रान्तको राजधानी तालुकान शहरमा बुधबार भएको विष्फोटमा चार जना घाइते भएको तीन दिनपछि यो अर्को विष्फोटको घटना हो ।

तखारमा तालिवान सुरक्षा कमाण्डर अब्दुल मुबिन साफीले विष्फोटको पुष्टि गर्दै स्थानीय प्रशासनिक कर्मचारीको डेस्कमुनि बम राखिएको जानकारी दिएका छन् । पछिल्ला केही महिनाहरूमा युद्धग्रस्त काउन्टीमा विष्फोटलगायतका सुरक्षा घटनाहरू बढ्दै गएको छ । एएनआई

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७