मलेसियामा बन्धक बनाइएका १९ नेपालीको उद्धार गर्न प्रधानमन्त्रीको निर्देशन


२५ पुष २०७९, सोमबार
malasea UJCt5yiHBy

काठमाडौं । मलेसियामा बन्धक बनाइएका १९ जना नेपालीको उद्धार गर्न सरकारले पहल थालेको छ । वैदेशिक रोजगारको सिलसिलामा मलेसिया पुगेका नेपाली विगत ८ दिनदेखि बन्धक बनाइएको समाचार सार्वजनिक भएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अवस्था बुझ्न र निजहरुलाई उद्धारका लागि पहल लिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यो विषय गम्भीर भएकाले तत्काल उद्धारका लागि आवश्यक सबै पहल गर्न मुख्यसचिवमार्फत् निर्देशन दिएको उनको निजी सचिवालयले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७