सिरहाको खेतमा नवजात शिशुको शव फेला, प्रहरीले थाल्यो अनुसन्धान


६ माघ २०७९, शुक्रबार
child death

सिरहा । सिरहाको मिर्चैयामा नवजात शिशुको शव भेटिएको छ । मिर्चैया नगरपालिका– ६ मटिअर्वास्थित खेतमा बिहीबार नवजात शिशु (छोरा) को शव फेला परेको प्रहरीले जनाएको छ ।
शिशु महिना नपुगी जन्मेको जस्तो देखिने इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी हरीबहादुर वलीले जानकारी दिए ।

शिशुको शवको प्रकृति हेर्दा कुनै स्वास्थ्य संस्थामा जन्माएर फालेको जस्तो देखिने प्रहरीले जनाएको छ । शव पोस्टमार्टमका लागि रामकुमार उमाप्रसाद स्मारक अस्पताल लहान पठाइएको छ । कसैले अवैध गर्भपतन गरेको हुनसक्ने अनुमान प्रहरीले गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी ओलीले जानकारी दिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७